Saturday, June 17, 2017

वातावरणको गीत: सत्यको जित ।

वातावरणको गीत: सत्यको जित   ।

निर्मल थपलिया  
   
"स्वच्छ वातावरण विना मानव जीवन सम्भव छैन" भन्ने सत्य थाहा भएर पनि मानबहरु नै  वातावरण विनाशको लागि तल्लिन भेटिन्छन ।
सत्य लुकाएर लुक्क्दैन जित सत्यको हो भन्ने थाहा भएर पनि असत्यको  पक्षमा लाग्ने अन्धा धृष्टराष्टहरु पनि छन, धर्ती रहे मानव रहन्छ भन्ने भुलेर  धर्तिको विनाशमा उर्जा थपिरहने सकुनीहरु पनि छन ,  वातावरण मास्दै बचाउनु पर्छ नि भन्दै गर्ने तर असली चरित्र स्पष्ट नदेखिने सिखन्डीहरु पनि यस समाजमा यत्रतत्र भेटिन्छन ।  
 यो प्रकृतिको सवाल हो र प्रकृतिविना मानव जिवन  सम्भव छैन भन्ने मान्यतामा बिश्वास राखेर प्राकृतिक सम्पदाको संरक्षण गरौ भन्ने  जम्मा पाँच प्रतिशत मानवहरुको आवाज  एक हुने हो भने पनि सम्वन्धित निकायको ध्यानाकर्षण गराउन सकिन्छ ।
सय जनामा पाँच जना, सय घरमा पाँच घर, सय बस्तीमा पाँच बस्ती, सय मुलुकमा पाँच मुलुक मात्र यो पृथ्वीको रक्षा हुनुपर्छ भन्ने पक्षमा उभिए भने कलियुगमा जारी यो महाभारतको युद्धमा सत्यको जय हुनेछ भनेर बिश्वास गर्न सकिन्छ ।
प्राकृतिक, धार्मिक, संस्कृतिक, सामाजिक र पर्यटकीय हिसाबले बिशिस्ट महत्व रहेको त्रीशुली किनार आसपासको क्षेत्रको महत्व अतुलनीय छ ।
बौद्धिक वा शिक्षित भनिएका समुदायले नै बिग्रदो बाताबरणको सुधारको लागी स्थानीय निकायबाट निरन्तर पहल गरिनु पर्ने आजको आवश्यकता हो तर यो समुदाय वातावरण बिनासतर्फ सचेत नदेखिनु चिन्ताको बिषय हो ।
"आफ्नो परिचय दिईरहनु पर्दैन आफ्नै घरआगनको फोहोरले  चिनाउछ " भने झै आफ्नो घरको फोहोर ब्याबस्थापन गर्न नसक्नुले हामी मलेखु बजारबासी लाई लज्जित बनाउनु पर्ने हो तर एकाअर्कालाई दोषारोपण गर्दै त्रीशुलिलाई फोहोर र दुर्गन्धित पार्ने हामी सबै हौ ।

यहि त्रीशुलिको पानी पिउनु पर्ने यहाँका बासिन्दाहरु त्रीशुली बचाउने कुरा गर्दा यो अरु कसैको हो र अर्कैको फाइदाका लागि बोल्नु हुन्न जस्तो जस्तो गर्नुले चेतनाको कमिको हद छर्लङ्ग हुन्छ ।
 त्रीशुली उच्च जोखिम नदि भएकोले कुनै पनि बेला जहाँ कहिबाट पैह्रो जान सक्ने, डाडो भासिने, भारी बर्षादमा त्रीशुली थुनिएर बस्तिहरु डुबानमा पर्न सक्ने विभिन्न अनुसन्धानमा भुगर्भ बिदहरुले  जनाएको छ्न । राज्यले नै यो कुरालाई बेवास्ता गरि ठुला मेसिन लगाएर नदि खोतलेको हेदै बस्नु को नियत निन्दनीय छ ।  
त्रीशुली नदिको जलाधार क्षेत्रको बन रित्तिनु, नदिको अधिकार क्षेत्र निर्धारण नहुनु, प्राकृतिक सम्पदा दोहन गर्नेहरु नै अधिकार सम्पन्न हुँदै जानु, स्थानीय जनतामा अधिकारको बारेमा चेनता नहुनु,  ढलनल फोहोर फालेर पानी दुषित गर्न हुन्न भन्ने जानकारी नहुनु वा लापरबाही गर्नु कानुन कमजोर हुनु वा कानुनको पालना गराउने आफै बेइमानी हुनुले समाजमा सुशासन कायम गराउन सहज नहुने देखिन्छ ।  त्रीशुली किनारमा माटो थुपारेर घर बनाई ब्यापार ब्यबसाय गरि बस्नाले बर्षाद्को भेलमा त्रीशुलिले माफी देलिन ?
अनावश्यक हो हल्लाले पारेको वातावरण प्रदुषण, बजार दुर्गन्धित हुने गरि ओसारपसार गरिने हाड- छाला, धुलो उडाउदै ओसारपसार गरिने बालुवा माटोले गरेको असर बुझ्नको लागि चाहिने जनप्रतिनिधि कस्तो हो?
          ब्यबस्थित पशुपालन र कृषि नहुदा जताततै दुर्गन्धित पर्दै बङुर पालन गरिएको छ ।
कृषिमा प्रयोग हुने बिषादिले वातावरणको चक्रीय प्रणालीमा असर पारि सम्पुर्ण प्रकृतिको नियममा खलल परेको छ । यसको मुल्यांकन, लेखाजोखा राख्न सक्ने क्षमता राख्छन जनप्रतिनिधिले ?  

समाज सुधारको नाम दिदै गठन भएका संघ संस्था, क्लब, समिती, समुहले नै त्रीशुलीमा फोहोर फाल्ने, गाउँ बस्ती, सडक प्रदुषित पर्दै फोहोर जलाउने र वातावरण बिगारिरहेको देख्दा जनचेतनामूलक कार्यक्रम NGO, INGO को डलरको भरमा हुदैन । सरकारले अनिवार्य रुपमा स्कुल देखिनै  वातावरण सम्बन्धी शिक्षा पढाउनु आवस्यक छ ।
स्पष्ट हुनु जरुरी छ चेनता नपलाएसम्म  बिदेशी डलर सिध्याउदैमा वातावरण  बच्दैन ।
कसले कताबाट कताको वातावरण बचाउनको लागि  कति रकम असुलेको छ र त्यसको असर कस्तो पर्यो सार्बजनिक हुनु पनि अति आवश्यक छ ।







No comments:

Post a Comment