Friday, April 7, 2017

जेष्ठ नागरिक सम्मान तथा अन्तर्कृया

जेष्ठ नागरिक सम्मान तथा अन्तर्कृया ।
भद्रकाली सामुदायिक समाज, गजुरी २ मलेखुमा १५० जना बृद्धबृद्धाहरुको सम्मान गरियो ।
जिल्ला ट्राफिक प्रहरीले सहयोग र भद्रकाली सामुदायिक समाजको ब्यबस्थापनमा उक्त कार्यक्रम गरिएको थियो ।जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रममा विभिन्न समाजसेवीहरुले सक्दो सहयोग सामाग्री उपलब्ध गराउनु भएको थियो । सहयोग गर्नु हुने समाजसेवीहरुमा पानी तथा जुस सहयोग गर्नुहुने कृष्ण प्रसाद त्रिपाठी(केशव), फलफूल सहयोग गर्नु हुन शोभा पाण्डे, दोसल्ला सहयोग गर्नु हुने फणीन्द्र सिल्वाल, अन्य सामग्री सहयोग गर्नु हुने हरिशरण सिल्वाल लाई सम्मान गर्दै दोसल्ला प्रदान गरिएको थियो ।
जिल्ला ट्राफिक कार्यलयका प्रमुख कृष्ण राज सापकोटाले मन्तव्य ब्यक्त गर्नु हुँदै ट्राफिक समस्या समाधानको लागि हरेक नेपालिको भुमिका महत्वपूर्ण हुने बताउनु हुँदै जेष्ठ नागरिकको अभिनन्दन गर्न पाउनु अवसर पनि भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्ने बताउनु भयो ।
त्रीशुली बचाउ अभियान धादिङका अध्यक्ष उत्तम कडेलले अबको चिन्तनको बिषय जिवनको बृद्धअबश्था संतोषजनक जीवनयापन गर्न के गर्न सकिन्छ भन्ने तिर ध्यान जानू पर्ने बताउदै प्रकृतिप्रेमी हुनु अबको आवश्यकता हो भन्नू भयो ।
अर्को अथिती एबम त्रीशुली बचाउ अभियन्ता देबि प्रसाद लोहनिले मेरा छोराछोरी युरोप, अमेरिका वा अन्य बिकसित देशमा छ भनेर फुर्ती गर्नु भन्दा मेरो बुढेसकालमा सहारा को हो भन्नेतिर ध्यान दिनु पर्ने र यो बिषय नै राष्ट्रको बिकास र समृद्धिसंग जोडिएको बताउनु भयो ।
अर्का समाजसेवि टीका प्रसाद कडेलले बुढा बुढीलाई सम्मान भन्दा नि घृणा र तिरस्कारको परिपाटि बस्दै आएकोले कार्यालय तथा निकायमा जेष्ठ नागरिकको सम्मान हुने वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमको सभापती एक राज पाण्डेले स्वयम् जेष्ठ नागरिक भएकोले सदै जेष्ठ नागरिकको हकहितमा लाग्ने बताउदै टोकिएकै समयमा स्थानीय निर्वाचन भएमा निर्वाचन पछि सवै जेष्ठ नागरिकको परिचयपत्र बितरण गर्ने बताउनु भयो 
उक्त कार्यक्रमको संचालन  भद्रकाली सामुदायिक  समाज पुरुषोत्तम पाण्डेले गर्नु भएको थियो भने  उक्त समाजका सबै सदस्यसकृयतामा  कार्यक्रम सफल गरिएको थियो ।





No comments:

Post a Comment