Monday, November 7, 2016
Saturday, November 5, 2016
Friday, November 4, 2016
अमृत- उज्जलको सम्झनामा संस्कृतिक कार्यक्रम सम्पन्न ।
निर्मल थपलिया /धादिङ अमृत- उज्जल स्मृति मन्चको आयोजनामा अमृत- उज्जल बार्षिक स्मृती तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनयुद्धकालमा जनताको अधिकार प्राप्तिको लागि कार्य क्षेत्र लागिरहेका अखिल क्रान्तिकारी काठमाडौंका अमृत कंडेल र धादिङका उज्जल बरामको तत्कालीन सेनाले बेपत्ता पारी हालसम्म पनि कुन अवस्थामा कहाँ छन भनी कुनै सरकारले परिवारलाई जानकारी दिन नसकेको अवस्थामा हरेक बर्ष दशै सकिने पुर्णिामाका दिन यहीँ कार्यक्रम गरि उनिहरुलाई सम्झने गरिन्छ । असोज ३० गते आइतबारको दिन रिचोकपोखरी, बेनिघाट-३ मा भएको कार्यक्रममा धादिङ क्षेत्र न. ३ का पुर्ब सभासद एबम मजदुर नेता शालिकराम जमरकट्टेल प्रमुख अतिथि, जनगायक जीवन शर्मा बिशेष अतिथी, अतिथिहरुमा बेपत्ता परिवार धादिङका अध्यक्ष टीका कंडेल, सहिद परिवारका कृष्ण थपलिया, बेपत्ता परिएका उज्जल बरामको आमा, नेकपा माओवादी केन्द्र धादिङ सचिवालय सदस्य चन्द्र बहादुर सिल्वाल लगायत अन्य पदाधिकारीहरु थिए । अतिथी कलाकारहरुमा कृष्ण गुरुङ, करसिङ थापा, अमृता गुरुङ थिए भने अन्य स्थानिया कलाकारहरुको प्रस्तुति आकर्षक र स्तरिय रहेको थियो । जनगायक जीवन शर्माले सबै भन्दा वृद्ध र गरिब चेपाङलाई मन्चमा आसिन गराउदै म यिनिहरुको कथा ब्यथाको गीत गाउदै हिड्ने हुनले मेरो वास्तविक नायक यिनै हुन भन्दै आयोजकले लगाइदिएको माला पहिराइदिनु भएको थियो । उहाले हामी नेपाली.. झरनाको चिसो पानी ...यसपाली त यस्तै भो आमा .. सिमली छायामा ...जस्ता गीतहरु गाएर दर्शकहरुलाई नचाउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिनुहुदै शिक्षक रुद्र पाण्डेले जनतामाथी अन्याय हुन नदिन नेताहरुलाई चेतावनी दिदै आफ्ना विद्यार्थीले परिवर्तनको बाटो लिएको आफुले थाहा नपाउदा गल्ती गरेको पिटेको हुन सक्ने बताउनु भयो । सहिद परिवारकोतर्फबाट कृष्ण थपलियाले बेपत्ता उज्जलको सम्झना*मा कविता बाचन गरेर सुनाउनु भएको थियो । पुर्ब सभासद एबम मजदुर नेता शालिकराम जमरकट्टेलले यो स्मृति सभा भएकोले अन्य भाषण नगर्ने बताउदै संविधान सभाको पहिलो निर्वाचन पछि ,माओवादी पाटिका नेता तथा कार्यकर्ताले मातिएको र बाटो बिराएर गल्ती गरे को स्विकार गर्दै पहिला पनि झुट नबोलेको र अब पनि झुटो आश्वासन नदिने बताउनु भएको थियो । अमृत- उज्जल स्मृती मंचका अध्यक्ष रामहरी कंडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन खेम सिल्वाल र मिलन बि क ले गर्नु भएको थियो ।

Labels:
midmalekhu,
nirmal,
shivaratri,
siddhalekh
Location:
Malekhu, Benighat 45100, Nepal
Subscribe to:
Posts (Atom)