Friday, June 23, 2017

त्रीशुली बचाउ महाअभियानले जनप्रतिनिधि संग अन्तरक्रिया गर्यो ।

त्रीशुली बचाउ महाअभियानले जनप्रतिनिधि  संग अन्तरक्रिया गर्यो ।













निर्मल थपलिया
 प्राकृतिक सम्पदा संरक्षण समिती, त्रीशुली बचाउ महाअभियान, लायन्स क्लब, भद्रकाली सामुदायिक समाजको संयुक्त आयोजनामा गजुरी, बेनिघाट रोराङ, सिद्दलेक, गल्छी गाउँ पालिकाका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान गर्नुको साथै अन्तरक्रीया  कार्यक्रम गरेको छ ।  
  प्राकृतिक सम्पदा संरक्षण समितिका संयोजक श्रवण त्रीपाठी र भद्रकाली आमा समुहले  दोसल्ला र फूल  दिएर स्वागत गर्नु  भएको थियो भने भद्रकाली गुरुकुलका बटुकहरुले स्वस्ती बाचन गरेको थिए ।
 गजुरी गाउँ पालिकाको वार्ड न. २ स्थित भद्रकाली सामुदायिक भवनको हलमा आयोजना गरिएको कार्यक्रमका त्रीशुलि बचाउ अभियानका अभियन्ता उत्तम कंडेलले कार्यक्रमको औचित्य बारे मन्तव्य राख्दै बिग्रदो पर्यावरण सुधार गर्नको लागि जनप्रतिनिधिको धारणा स्पष्ट पारेर जानू पर्ने कुरा राख्नु भएको थियो ।  
गल्छी गाउँ पालिकाका उपाध्यक्ष  राधा तिमिल्सिना (लामिछाने)ले बेल्खु गल्छीमा पनि  सुंगुरको नाला र ढल त्रीशुलिमा मिसाउने गरेको छन  यो  कार्यक्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

     सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेम नाथ सिल्वालले जिल्ला प्रशासनमा प्राकृतिक सम्पदाको दोहनको पत्र लिएर जाने पहिले प्रतिनिधि आफू भएको बताउदै राती राती मेसिन चलाएर बालुवा निकाल्नेलाई ब्यवसायी  त भन्न नमिल्ने बताउदै ती को हुन त्यस्को बिरुद्धमा लाग्ने प्रतिबद्धता जनाए पनि  कार्यलय सुविधाजनक हुन नसकेको र सिंहदरबारको अधिकार गाउँमा नआएकोले यो कार्यकाल जग हाल्न मात्र सकिने बताउनु भयो ।    
बेनिघाट रोराङमा अध्यक्ष हरि डल्लाकोटिले मोही माग्ने ढुङ्रो लुकाउने भने झै त्रीशुली बचाउने भन्दै आफ्नो घरको ढल त्रीशुलिमा मिसाउन नहुने भन्दै जनताले निर्वाचित गराएपछी अब हामी माग्ने हैन दिने ठाउँमा भएकोले जनतालाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताउनु भयो ।                                          
गजुरीका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले  अहिले  माफियाहरु सल्बलाउदै गुहार माग्न थालेको छन  माफियाहरुले प्रकृति दोहन गरेर  कमाएको    जेथा अनुसारको ब्याथा आउने र ब्यथा  चर्किदै  जाने कुरामा ढुक्क हुन जनतालाई आस्वस्त पार्नु भयो । त्रीशुली बचाउका अभियन्ताहरुलाई लक्षित गर्दै  सत्यको बाटोमा हुनुहुन्छ र जित पक्का भएको बताउनुभयो ।
माफियाहरुले कहिले धादिङ र कहिले नुवाकोटमा पालैपालो प्रकृतिको दोहन गरिरहेकोले अब त्यस्तो नहुने बताउदै आगामी दिनमा त्रीशुली नदिमा सचेतनामुलक कार्यक्रम गर्ने र बिज्ञको सल्लाह अनुसार भावी कार्यक्रम तय गरिने बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै  कार्यक्रमका सभापति देबि लोहनीले मानव जीवन बाच्नको लागि आवश्यक तथ्य प्रस्तुत गर्नु भएको थियो
कार्यक्रमको संचालन  गर्दै भुमी कंडेलले प्रकृति सम्बन्धि थप गुनासा र जिज्ञासा राख्नु भएको थियो ।

No comments:

Post a Comment