विश्व वातावरण दिवसमा त्रीशुली बचाउने कार्यक्रम ।
निर्मल थपलिया
मलेखु
"हाम्रो जिब जन्तु हाम्रो वातावरण र बन, संरक्षण गरौ लगाई तन,मन र धन" भन्ने मुल नाराको साथ विश्व वातावरण दिवस नजिकिदै गर्दा बिश्व वातावरण दिवस २०७३, मुल आयोजक समितिको आयोजना र त्रीशुली बचाउ अभियान सन्जाल, धादिङको सह आयोजनामा अन्तर्कृया कार्यक्रम गरियो ।
मलेखुको भद्रकाली सामुदायिक भवनमा गरिएको उक्त कार्यक्रमको उदेश्य धादिङको त्रीशुली नदिको संरक्षण र यो क्षेत्रमा भई रहेको प्राकृतिक बिनासको घटनालाई नियन्त्रण गर्ने, प्रकृतिक अतिक्रमण रोक्नुपर्ने र नेपालको जुनसुकै ठाउँबाट अध्यायन, अध्यापन, अनुसन्धान, लगायत मनोरञ्जनको केन्द्र सुरक्षीत गर्दै जल र स्थल भ्रमणको स्वदेशी तथा बिदेशी पर्यटन भित्र्याउनु रहेको छ । उपस्थित अतिथिहरुले गमलाको बिरुवामा पनि हालेर कार्यक्रमको उदघाटन पछि त्रीशुली बचाउ अभियन्ता शिव प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्दै
मलेखुलाई जियो पार्कको रूपमा बिकास गर्नु पर्ने बताउनु भएको थियो । त्रीशुली बचाउ अभियान संजालका अध्यक्ष उत्तम कंडेलले त्रीशुली बचाउ अभियानको उदेश्य र मागहरु प्रस्तुत गर्नु भएको थियो ।उहाँले उत्खनन बिरुद्धको अभियान,फोहोरमैला व्याबस्थापन सम्बन्धी सवाल, नदि वा सडक किनारमा रहेका महत्वपूर्ण र मुल्यवान सार्वजनिक जमिन अतिक्रमणको सवाल, कुशासन बिरुद्धको अभियान, प्राकृतिक श्रोतको अबैध उत्खनन र ओसारपसार,मलेखु क्षेत्रलाई जियो पार्कको रूपमा बिस्तार, जलपर्यटनको बिकास जस्ता बिषयहरुमा उठाउनु भएको बिषयलाई उपस्थित अतिथि तथा बक्ताहरुले समर्थन गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।अतिथिहरुमा श्री बागेश्वरी उमाबी रिचोकटारमा प्राचार्य देब प्रसाद त्रिपाठी, महादेव गाबिस, पिपल भञ्ज्याङ् माबिका प्राचार्य नानिबाबु लोहनी, उधोग बाणिज्य महासंघ धादिङ्का सदस्य बिपिन कंडेल, मलेखु फलफूल तथा तरकारी सहकारीको अध्यक्ष टीका कंडेल,नर्सरी ब्याबसायी बलराम सिग्देल, पशुसेवा बिभाग गजुरिका डा. मनोज कुमार यादब, नेकपा एमाले धादिङ्का सचिब शिवराज कंडेल, नेता रमेश भट्टराई, नेपाली काङ्ग्रेस गजुरिका सभापति भुमी कडेल, नेपाली काङ्ग्रेस बेनिघाटका ऋषि त्रिपाठी लगायतका बक्ताहरुले आ-आफ्नो बिचार राख्नु भएको थियो ।
उधोग बाणिज्य महासंघ धादिङका सदस्य बिपिन कंडेलले शिक्षितहरुले नै पैसा तिरेर आफ्नो घरको फोहोर त्रीशुलिमा फाल्ने
लगाइरहेको देखिएकोले आफै सुध्रिनुपर्ने औल्याउनु भयो ।पशु सेवा गजुरिका डा.मनोज कुमार यादबले माछा मलेखुको पहिचान भएकोले माछा जोगाउनु पर्ने भन्दै रसायनको प्रयोग नियन्त्रण गर्नु पर्ने बताउनु भयो ।
नेपाली काङ्ग्रेस गजुरिका सभापती भुमी कंडेलले तथ्यांक सहित क्रसर उधोगले बिबिध क्षेत्रमा परेको असर, बिकाशको संभावना र बाताबरण बचाउनको लागि आगामी दिनमा चल्ने योजना सुनाउनु भयो ।श्री बागेश्वरी उमाबिका प्राचार्य देव प्रसाद त्रीपाठीले यो क्षेत्र अध्यायन, अध्यापन र अनुसन्धानको लागि देश भरीकै केन्द्र भएकोले संरक्षण गर्ने हामी सबैको दायित्व भएको बताउनु भयो । नेकपा एमालेका सचिब शिव कंडेलले बाच्नको लागि स्वच्छ हावा लिन पाउनु पर्ने मानबको अधिकार हनन गर्न नमिल्ने भन्दै वातावरण संरक्षणको कार्यक्रममा आउदा पनि ढुङ्गागिट्टीको कुरा निस्केला भनेर आत्तिनेहरु सल्बलाएको र बन उपभोक्ता समितिको काम भनेको बिरुवा रोप्न नभएर काठदाउरा बेच्नको लागि भएकोले ठुलो रुखमा मात्र ध्यान जाने गरेको बताउनु भयो ।
अर्का बक्ता रमेश भट्टराईले वातावरण बिनासको काम जान्ने बुझ्ने हुने खानेबाटै भएको हुँदा नियन्त्रण गर्न सजिलो नभएको र काठ व्यापारी र बन संरक्षण समितीको मिलेमतो हुने र सबै आम्दानी हुने काममा मात्र लागेको बेला निस्वार्थ भएर वातावरण जोगाउन लागि परेका उत्तम कंडेललाई साथ र सहयोग समेत गर्न सबैलाइ अनुरोध गर्नु भयो
कार्यक्रमका सभापति एबम समाजसेवि देवि प्रसाद लोहनीले गरुण पुराणमा समेत वातावरण बचाउने कुराको बयान गरेकोछ र एउटा पिपलको वृक्षले १७५०केजि प्राणबायु दिने गरेको तथ्य बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको शुरूवातमा त्रीशुली बिनास सम्बन्धि विडियो पनि प्रर्दशन गरिएको थियो ।
कार्यक्रमको संचालन समाजसेवी तिर्थ सिल्वालले गर्नु भएको थियो । ।