Thursday, November 16, 2017

आत्मा शान्तिको लागी दीप प्रज्वलन गरियो ।
२३/ कार्तिक
धादिङ
निर्मल थपलिया
सप्तरिबाट काठमाडौ आउदै गरेको ना.६ ख  १४६७ नम्बरको रात्री बस धादिङको घाटबेसी  नजिक बाङ्गे मोडबाट करिब ५० मिटर तल त्रीशुली नदिमा खसेर दुर्घटना हुदा  ज्यान गुमाएका ३४ जनाको आत्माको शान्तिको लागि तेर्हौ  पुण्य तिथिको दिन घटनास्थलमा स्वस्ती शान्ति मन्त्र बाचन तथा दीप प्रज्वलन गरिएको छ ।
 पृथ्वी लोकमार्ग आसपासका युवाहरुको समुहले स्वस्ती मन्त्र बाचन तथा दीप प्रज्वलनमा स्वत:   स्फुर्त भइ सहभागी हुनको लागि विभिन्न निकाय तथा शुभचिन्तकलाई अनुरोध गरेको थियो । 
उक्त श्रद्धाञ्जली कार्यक्रममा श्री ६ नम्बर बाहिनी पति सहायक रथी सुदर्शन बिक्रम राणा, देबिदत्त गणाका गणपती .भरत कोइराला .... , जिल्ला प्रहरी कार्यालय धादिङका  डिएसपी..., इनिस्पेक्टर ...., ई प्र का गजुरिका प्रमुख, ट्राफिक प्रहरी कार्यालय गजुरिका प्रमुख कृष्ण सापकोटा, ससस्त्र प्रहरी गण आदमघाटका प्रमुख, गजुरी सामुदायिक बिकास समाज, भद्रकाली सामुदायिक बिकास समाज मलेखु, विभिन्न संचार माध्यमका पत्रकार ज्यु हरु,
नेपाल रेड्क्रस सोसाइटी धादिङ, भद्रकाली आमासमुह, रामभजन मंडली भद्रकाली, गुरुकुल भद्रकाली मन्दिर, भद्रकाली बाल क्लब,  रिचोक्टार युबा क्लब, जनहित युबा क्लब, इग्निस फूटबल युबा क्लब,आदमघाट युबा समूह, बितलब युबा क्लब लगायत धादिङ्बासि शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
भद्रकाली गुरुकुलका बटुकहरुले स्वस्ती शान्ती मन्त्र बाचन गरेका थिए ।
 उद्दारकार्यमा खटिनु भएका रेड्क्रस धादिङका नारायण कुमार श्रेष्ठले  आयोजकको तर्फबाट बोल्दै त्यसदिनलाई सम्झदै  आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन संबंधित सबै निकायलाई गम्भीर हुन अनुरोध गर्नु भएको छ ।

No comments:

Post a Comment