Thursday, November 16, 2017

नासा बुलेट क्लबलाई मलेखुमा स्वागत

नासा बुलेट क्लबलाई मलेखुमा स्वागत ।

 नेपालमा पर्यटनको प्रबर्द्धन गर्दै पहिलो पटक बुलेट बाइक लिएर मनाङको तिलिचो ताल पुगेर फर्किएका नासा बुलेट क्लबका  सदस्यहरुलाई मलेखुमा स्वागत गरिएको छ ।   
११ वटा बुलेट बाइक लिएर कार्तिक २४ देखि २९ सम्मको ६ दिने यात्रामा निस्किएका १५ जना    नासा बुलेट क्लबका सदस्यहरुलाई मलेखु स्थित मिड मलेखु होटलको आयोजनामा स्वागत तथा सम्मान गरिएको हो ।
उक्त सम्मान कार्यक्रममा धादिङ क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भुमी त्रिपाठी र प्रदेश सभा १ (२) का  उम्मेदवार शालिक राम जमरकट्टेलले संयुक्त अबिर र खादा लगाई शुभकामना दिनु भएको थियो ।       
नासा बुलेट क्लबका अध्यक्ष: प्रकाश मणि लिम्बु, सचिब: राम शाह , कार्यक्रम सहजकर्ता :केशु थपलिया लगायतले कार्यक्रम आयोजक लाई धन्यवाद दिनु भएको थियो । क्लबका सदस्य रोमान्स राणाले नेता द्वयलाई टीका लगाइदिदै  हामिलाई सुन्दर शान्त समृद्ध राज्य दिनोस भन्ने कामना गर्नु भएको थियो ।

No comments:

Post a Comment