Wednesday, February 8, 2017

कर्मचारीलाई निबेदन ।

कर्मचारीलाई निवेदन ।
कर्मचारी ज्यु ,
जनताको सेवा गरे बापत तपाईंले राज्यकोषबाट तलब पाउनु भएको छ ।आफ्नो कार्यदक्षता देखाउनुस ।  सक्नु हुन्न भने गाउँमा पाखा पखेरा मात्र हैन बेसि र टारहरु पनि बाझै भै सक्यो, खेती किसान वा व्यापार ब्याबसाय गर्नुस ।जनताले सेवा पाउनु पर्ने कुर्सी खाली गर्नुस।क्षमता र दक्षता भएको अर्को कारिन्दालाई अवसर दिनुस।    मालपोत कार्यालय वा नापी कार्यालयको ढोकामा पुग्ने बित्तिकै कतिपय लेखापढी ब्याबसायिको नाममा बिचौलिया,दलाल वा कर्मचारीको घुस खाने सहायकहरुको  बिगबिगी देखिन्छन् ।सोझा साझा जनता त्यही समातिन्छन र लुटिन शुरु हुन्छन ।लेखापढी गर्नेले आफ्नै कार्यालय वा कार्यस्थलमा बसेर सेवाग्राहीले सेवा लिन चाहेको बिषयमा छलफल गरि निबेदनको साथ आवश्यक कागजात संलग्न गरि फाइल बनाइ कार्यालयमा दर्ता गर्न पठाउनु पर्छ ।सोधपुछ कक्षमा रहेको कर्मचारीले निवेदन दर्ता गर्ने र काम गर्न संबंधित फाटमा पठाउने र काम गर्दा लाग्ने समयावधि तोक्ने प्रतीक्षा गर्ने स्थान देखाउने र अवास्यक परेमा सम्बन्धित फाटमा बोलाउने ब्यबस्था गर्नुपर्छ ।  अनावश्यक ब्यक्तिलाई कर्मचारीको कार्यकक्षमा प्रवेश गर्न दिनु हुदैन ।   सम्पुर्ण कार्यालयको रेखदेख र सेवाग्राहीको थप सहजीकरण गर्नको लागि भुमिका हुने गरि सुरक्षाकर्मि हुनुपर्दछ ।कार्यालयमा आउने सवारी साधन (मो.सा.)को पार्किङ ब्यबस्थाको     ब्यबस्थापन मा ध्यान दिनु पर्ने देखिन्छ । आवस्यक कागजात र प्रमाण पुर्याएर काम गर्न जादा पनि  तपाईंको काम नबन्ना जस्तो छ अलि अलि खर्च दिदा त काम गर्दिन्छ कि म कोसिस गर्छु है त भन्ने  लेखापढि गर्नेले पैसा दिदा जस्तो नहुने काम पनि मिलाउने रहेछन भन्ने बुझ्न गर्हो छैन । आफ्नो फाटमा आएको फाइलको काम क्रम अनुसार  हेर्न र अगाडी बढाउन नसक्ने कर्मचारी नै बढी रिसाउने र झर्किने गर्छन ।काम गर्न मानसिक र शारिरिक रुपमा तयार नभएसम्म कार्यालयमा किन आउने ? जनताको अति महत्वपूर्ण दस्तावेजहरु सुरक्षित र काम गर्न सजिलो हुने गरि नराखिनुले अनावश्यक मानवशक्ति खर्च भएको देखिन्छ । शौचालयको सहि प्रयोग र सरसफाइमा ध्यान पुगेको छैन ।
कार्यलय प्रमुख नयाँ आउछन र जान्छन ।  पुराना   कर्मचारी नै जान्ने बुझ्ने र अनुभवी जस्ता देखिन्छन् कार्यालय प्रमुखलाई नै सिकाउछन । अनि नयाँ ढङ्गबाट कार्यालयको प्रगती र बिकास कसरी सम्भव हुन्छ ?



  कार्यकक्षमा रिसाउदै र झर्किदै यसलाई र उसलाई दोष पन्छाएर कर्मचारीले कहिलेसम्म काम गर्ने ? कार्यालय संचालनको विधि र तरिका जान्दै नजानेको ब्याक्तीले कार्यालय प्रमुखमा नियुक्ति कसरी पाउँछन् ? घुस र कमिसनको कुरो नमिलाई टेबलको फाइल छुदै नछुने कर्मचारीको जागिर सधै सुरक्षित कसरि हुन्छ ?    छानबिन, अनुसन्धान र कमजोरी पत्ता लगाई कार्य गरियोस ।
कसैप्रती सोध- प्रतिसोध नभई  कार्यालय ब्यबस्थापनको सुधार र जनताको सेवा सुबिधामा सबै सरकारी निकायको ध्यानाकर्षण होस भन्ने उदेश्यले  यो निबेदन पेश गरेको छु
जो तपाईंको इच्छा अब नचल्ने भएको छ ।

No comments:

Post a Comment